बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुरक्षा समितिमा निर्वाचन केन्द्रित योजना र जनशक्ति व्यवस्थापनबारे छलफल

सुरक्षा समितिमा निर्वाचन केन्द्रित योजना र जनशक्ति व्यवस्थापनबारे छलफल

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो। 

बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। सुरक्षा निकायहरुबाट आवश्यक पृष्ठपोषण लिएर अगाडि बढिने पनि उनले उल्लेख गरे। 

'समय समयमा यो बैठक बसिरहन्छ। समसामयिक सुरक्षास्थितिबारे छलफल गर्छ। त्योबारे पनि छलफल भयो। अहिलेका हाम्रा सुरक्षा मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भयो,' प्रवक्ता पोखरेलले भने, 'प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको छ। निर्वाचन केन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो।’

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए। 

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।  

प्रकाशित: Feb 02, 2022| 16:28 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...