काठमाडौं उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूको बैठकले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन्।
गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।