मंगलबार, भदौ २, २०८३

स्थानीय निर्वाचनका लागि १७९ जना अधिकृत तोकिए [सूचीसहित]

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं– आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन्।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये १७९ जनाको नाम टुंगिएको हो। बाँकी निर्वाचन अधिकृतको नाम पनि छिट्टै टुंगिने न्याय परिषद्ले जनाएको छ।

जिल्ला न्यायाधीश प्रमुख निर्वाचन अधिकृतका रुपमा खटिन्छन्। त्यसका लागि न्याय परिषद्को स्वीकृति भने अनिवार्य छ। परिषद्ले ९२ जना जिल्ला न्यायाधीश, न्याय समूहका १७९, कानुन समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको थियो।


प्रकाशित: Mar 02, 2022| 15:13 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...