मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीशलाई नराख्‍न कानुन व्यवसायीहरुको माग

संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीशलाई नराख्‍न कानुन व्यवसायीहरुको माग

कानुन व्यवसायीहरुले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई नराख्‍न माग गरेका छन्। हालको संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहने व्यवस्था संविधान संशोधन गरेर परिवर्तन गर्न उनीहरुले माग गरेका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- कानुन व्यवसायीहरुले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई नराख्‍न माग गरेका छन्। हालको संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहने व्यवस्था संविधान संशोधन गरेर परिवर्तन गर्न उनीहरुले माग गरेका छन्।

मंगलबार काठमाडौंमा सकिएको १५ औं अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलनको घोषणापत्रमा संवैधानिक परिषदमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्चमा मुद्दा पर्ने गरेको भन्दै प्रधानन्यायाधीशको संलग्नता नरहने व्यवस्था गर्न माग गरेका हुन्।

‘संवैधानिक परिषदमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालतमा मुद्दाहरु पर्ने गरेको र त्यस्ता मुद्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीशकै नेतृत्वमा गठन भएको संवैधानिक इजलासले हेर्ने संवैधानिक प्रावधानले एकातर्फ अदालतको स्वतन्त्रता र निष्पक्षताको अवधारणाको प्रतिकुल हुने र अर्कोतर्फ कार्यपालिकासँगको विगतमा देखिएको असामान्य निकटाका कारणले पनि नियुक्तिमा भएका विकृतिहरु सतहमा आउन थालेको कारणले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नता नरहने गरी संविधान संशोधन गर्नका लागि यो सम्मेलन माग गर्दछ’ घोषणापत्रमा भनिएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य हुन्छन्। हाल संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसको विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ।

प्रकाशित: Mar 01, 2022| 21:30 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...