काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
बुधबार देउवालाई भेट्न दाहाल र नेपाल बालुवाटार पुगेका थिए। एमसीसी सम्झौता अनुमोदनपछि समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्न दाहाल र नेपाल बालुवाटार पुगेको बताइएको छ।
एमसीसी अनुमोदनको विषयले सत्ता गठबन्धन भित्र विवाद चर्किएको थियो। एमसीसीकै विषय गठबन्धन टुट्ने अवस्थामा पुगेको थियो। तर, गठबन्धन जोगाउन १२ बुँदे व्याख्यात्मक घोाषणासहित आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको थियो।
एमसीसी अनुमोदन पछि दलहरु स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन थालेका छन्।