स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई तत्कालीन ओली नेतृत्वको सरकारले संसद्को कार्यसूचीमा एमसीसी राख्न आग्रह गर्दा पनि कार्यसूची बनाएका थिएनन्। वर्तमान सभामुख सापकोटाले पनि यसलाई अघि बढाउन चाहेका छैनन्।
सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए।
जनताको चाहना र प्रदेशको आवस्यकता विपरित प्रदेश १ सरकार जनविरोधि, राष्ट्रिय हित विरोधी एवं संघियता विरोधि गतिविधिमा निरन्तर लागिपरेको अध्यक्ष न्यौपानेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
देउवाले एमसीसीबारे आगामी फागुन १६ भित्र संसद्को औपचारिक जवाफ दिने जानकारी अमेरिकी अधिकारीहरूलाई दिएसँगै गठबन्धनबीच सहमतिको प्रयास जारी राख्दै आएका छन्।