आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीभित्रका अन्तर्विरोधलाई अतिरञ्जित ढंगले नबुझ्न नारायणकाजीको अनुरोध

पार्टीभित्रका अन्तर्विरोधलाई अतिरञ्जित ढंगले नबुझ्न नारायणकाजीको अनुरोध

अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनको विपक्षमा टिप्पणी गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तर्विरोधलाई अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गरेका छन्।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनको विपक्षमा टिप्पणी गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तर्विरोधलाई अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गरेका छन्। बिहीबार साँझ ट्विट गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्। 

Everest Bank

'हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु,' ट्विटमा लेखिएको छ।  

पार्टीमा देखिएको विवादका विषयमा आफू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल जारी रहेको बताएका नेता श्रेष्ठले अन्य नेताहरूसँग पनि छलफल भइरहेको बताएका छन्।

१२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्नुपर्ने पक्षमा पार्टी उभिएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डको लाइनभन्दा भिन्न लाइनमा उभिएका थिए। उनले प्रचण्डले आफूहरूलाई पेल्न खोजेको आरोप लगाएका थिए। 

यसपछि प्रचण्डले पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए। प्रचण्डले पार्टी छोडेर जान सक्ने विकल्प रहेको पनि संकेत गरेका थिए। 

Metro Mart
worldlink

यसपछि श्रेष्ठ र प्रचण्डबीच विवाद सतहमा आएको थियो। विवाद बढ्दै गएपछि प्रचण्डले श्रेष्ठ निवासमा नै पुगेर भेट गरेका थिए। त्यसपछि नेकपाका महासचिव विप्लवले पनि नेता  श्रेष्ठसँग भेट गरिसकेका छन्। 

प्रकाशित: Mar 03, 2022| 07:47. 10 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्