मंगलबार, भदौ २, २०८३

सत्ता गठबन्धन तत्काल नटुट्नेमा प्रचण्ड ढुक्क

'बैठकमा अध्यक्षले समसामयिक विषयमा ब्रिफिङ गरिरहनु भएको छ। तत्काल गठबन्धन नटुट्नेमा उहाँले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्नुभएको छ,' छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै सत्ता गठबन्धन नटुट्ने आफू ढुक्क रहेको बताएका छन्। शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

बैठकको एजेन्डाअन्तर्गत प्रचण्डले समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूलाई रिपोर्टिङ गरेका थिए। अमेरिकी सहायता परियोजना एमसीसी पास भएसँगै बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अझै बलियोसाथ अघि बढ्ने निष्कर्ष निकालेको उनको भनाइ थियो। 

'बैठकमा अध्यक्षले समसामयिक विषयमा ब्रिफिङ गरिरहनु भएको छ। तत्काल गठबन्धन नटुट्नेमा उहाँले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्नुभएको छ,' छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। 

प्रकाशित: Mar 04, 2022| 14:53 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...