१५ वर्षअघिको गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ।
सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्बाट पारित नहुने बताएका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरूले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै देश व्यापी कोणसभा गर्ने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई आफ्नो न्यूनतम साझा कार्यक्रममा नराखेको सत्तारुढ गठबन्धनले अहिले अनावश्यक हल्ला गरेको टिप्पणी गरेका छन्।
सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहायता परियोजना...
सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन्।
बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।
गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनसहित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत गठबन्धन मिलेर जाने नेपालको दाबी छ।
संयुक्त विद्यार्थी संगठनहरुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा मंगलबारदेखि अनिश्चितकालीन ताला लागेको हो।