मंगलबार, भदौ २, २०८३

समाजवादी प्रेस संगठनको विस्तारित बैठक चैत १२ गते बस्ने

समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ।

संगठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थितिमा तथा सङ्गठनका अध्यक्ष श्रेष्ठको सभापतित्वमा बिहीबार सम्पन्‍न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरेको हो। 

संगठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत  कार्ययोजना एक हप्ताभित्र बुझाउन जिम्मेवारी दिइएको छ। बैठकले नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहनुभएका खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति हुनु भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ।

यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको बैठकले विस्तारित बैठकपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम विडारीले जानकारी दिनुभयो। मूल आयोजक समितिको बैठक शुक्रबार बस्ने भएको छ।

प्रकाशित: Mar 03, 2022| 21:20 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...