आइतबार, वैशाख २८, २०८२

सत्ता गठबन्धनमा चुनावी सहकार्यबारे छलफल

सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ।
 |  बिहीबार, फागुन १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

vianetvianet

काठमाडौं– सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ।

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको हो।  आ–आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक फेरि बस्ने तय भएको छ।

बैठकले संसद्मा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ। 

‘यस्तो अवस्थाले जनतामा संसदप्रति नै नकारात्मक धारणा बन्न सक्छ। संसद् बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्ने निर्णय गरेको छ,’ कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने। 

पाँच दलीय सत्ता गठबन्धनबाट जनमोर्चा भने बाहिरिएको छ। एमसीसीको विरुद्धमा रहेको जनमोर्चा संसद्बाट एमसीसी पास भएपछि बाहिरिएको हो। 

National life insurance

बैठकमा एमसीसी पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए।

नेकपा (एस)का नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने एमसीसी पारित भएकोमा विरोध गरेका थिए। 

प्रकाशित: Mar 03, 2022| 14:07 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...