मंगलबार, भदौ २, २०८३

माओवादी केन्द्रीय कमिटी बैठक सुरु, यी हुन् छलफलका एजेन्डा

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय सभागृहमा बैठक सुरु भएको हो।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय सभागृहमा बैठक सुरु भएको हो। 

अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने पक्षमा पार्टी उभिएका बेला नारायणकाजी श्रेष्ठलगायतका नेताहरू विपक्षमा उभिएपछि पार्टीमा विवाद छ। यही विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

यस्तै, पुस १९ गते सकिएको माओवादी महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिएको थियो। केन्द्रीय सदस्यसमेत चयन गरेको अधिवेशनले पदाधिकारी भने चयन गर्न सकेको छैन। पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुने माओवादीले जनाएको छ।

यस्तै केन्द्रीय सदस्य थप्ने विषयमा पनि छलफल हुने बताइएको छ। स्थानीय निर्वाचन, स्थायी र पोलिटब्युरो गठनलगायत बैठकका एजेन्डामा छलफल हुने माओवादी स्रोतले जानकारी दिएको छ। 

प्रकाशित: Mar 04, 2022| 14:17 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...