मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भातृ संस्थाको विधान टुंग्याउन छलफलमा कांग्रेस पदाधिकारी, देउवा अनुपस्थित

भातृ संस्थाको विधान टुंग्याउन छलफलमा कांग्रेस पदाधिकारी, देउवा अनुपस्थित

नेपाली कांग्रेसका भातृ संस्थाहरूको विधानलाई अन्तिम रूप दिनका लागि नेपाली कांग्रेसका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति देउवा भने अनुपस्थित छन्।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका भातृ संस्थाहरूको विधानलाई अन्तिम रूप दिनका लागि नेपाली कांग्रेसका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति देउवा भने अनुपस्थित  छन्। 

८ यस्तै सहमहामन्त्रीमध्ये उमाकान्त चौधरी पनि बैठकमा सहभागी छैनन्। सरकारी काममा व्यस्त हुनु परेकाले मन्त्रीहरू छलफलमा सहभागी नभएको बताइको छ। देउवा प्रधानमन्त्री हुन् भने चौधरी मन्त्री छन्। 

पदाधिकारीको छलफलले हालसम्म दलित संघको विधानलाई अन्तिम रूप दिएको बताइएको छ। बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ। 

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ७ सह-महामन्त्री छलफलमा जुटेका हुन्। 

प्रकाशित: Mar 03, 2022| 15:41 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...