मंगलबार, भदौ २, २०८३

कमल थापाले भने- विगतको त्रुटि सच्याएर पार्टीलाई सशक्त बनाउँछु

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका हुन्।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका हुन्।

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरु भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए।

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले परिवर्तन पश्चात्  मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबरजस्ती अगाडि बढाइएकोले संकटको दलदलमा भासिएको बताए। मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रपा नेपाल विद्यार्थी संगठन नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको विकृती विसंगतीको अन्त्यको निमित्त सक्रियता पूर्वक भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरु कमल बम , शशी भण्डारी ,दिपेश शाह, राजु गैरे, त्रिबिक्रम सिंहलगायतले बोलेका थिए।

प्रकाशित: Mar 03, 2022| 19:40 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...