सोमबार, असोज ८, २०८०

युवासँग उभिएपछि दलभित्र देउवालाई सहज

कांग्रेसभित्र अभूतपूर्व एकताको जग हो– एमसीसी अनुमोदनको एजेन्डा। यसअघि देउवा नै प्रधानमन्त्री रहँदा भएको सम्झौता अनुमोदन गर्ने जिम्मेवारी घुमिफिरी देउवा नेतृत्वको सरकारलाई नै आएको थियो। जसलाई देउवा र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए।
 |  बिहीबार, फागुन १९, २०७८
averest bankaverest bank

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- मंसिर अन्तिम साता सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित टिम हेरेपछि राजनीतिमा चासो राख्नेहरूमध्ये धेरैको मनमा एउटा प्रश्न उब्जिएको थियो। त्यो थियो- अब कांग्रेस कसरी चल्ला? प्रश्न स्वभाविक पनि थियो। त्यही प्रश्नसँग सम्बन्धित अर्को प्रश्न पनि थियो- नयाँ पदाधिकारीसँग देउवाको सहकार्य कस्तो रहला? 

sagarmatha cement

सभापतिमा शेरबहादुर देउवा दोहोरिएका थिए तर, पदाधिकारीमा अधिकांश नयाँ अनुहार। देउवाका आलोचकको छवि बनाएका गगन थापा एक जना महामन्त्रीमा चुनिएका थिए भने प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा। दुवै जना महामन्त्री फरक समूहबाट चुनिएपछि देउवासँग उनको सहकार्य सहज नहुने आकलन गर्न थालिएको थियो कांग्रेसभित्रै। तर महाधिवेशन सम्पन्न भएको करिब तीन महिनामै यी प्रश्नको उत्तर देखिन, सुनिन थालेको छ।  

कांग्रेसमा अहिले एकता देखिएको छ, जुन विरलै मात्र हुने गर्छ। एमसीसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा होस् वा पार्टी सञ्चालन नै किन नहोस्, पदाधिकारीमा पहिलो पटक आएका युवासँग काम गर्न देउवाको रुचीले कांग्रेसलाई एकजुट बनाउन सहयोग गरेको देखिएको छ। 

पुस १० गते निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रममा सभापति देउवाले भनेका थिए– म अब मतदान गर्नेको पनि र नगर्नेको पनि सभापति हुँ। सबैलाई मिलाएर पार्टी सञ्चालन गर्छु। उनको त्यो अभिव्यक्ति सम्झँदा बीचका केही गतिविधिले आशंका पैदा गरेको पनि थियो। तर, पछिल्लो समय उनले देखाएको कार्यशैलीले देउवा प्रतिबद्धताप्रति इमान्दार देखिएको कांग्रेसमा उनी इतर पक्षकै नेताले पनि बताउने गरेका छन्। 

‘सभापति देउवा पहिलो कार्यकालबाट शिक्षा लिएर दोस्रो कार्यकालमा सफल हुन पार्टीलाई थप एकताबद्ध बनाउने दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्। 

विरलै मात्र विवादरहीत हुने कांग्रेसमा यो एकमतपन कसरी सम्भव भयो त? यसको उत्तर तीन महिनायताका घटनाक्रमले थोरबहुत दिएका छन्। 

विधान अनुसार पार्टी सञ्चालन गर्ने संकेत 

कांग्रेस सभापतिका रूपमा पहिलो कार्यकालमा देउवाले खेपेको सबैभन्दा ठूलो आरोप हो– उनी विधान अनुसार चल्दैनन्। पार्टीभित्रकै नेताले उनको कार्यशैलीको विरोध गर्दै आएका थिए। पार्टी विधि र पद्धतिअनुसार नचलाएको भनेर देउवाले थुप्रै बैठकमा आलोचना खेपेका थिए। 

दोस्रो कार्यकालका लागि पनि देउवा दोहोरिएपछि पार्टी विधान अनुसार सञ्चालन हुनेमा धेरै कांग्रेसीहरू विश्वस्त थिएनन्। हुन त, पार्टी पदाधिकारीमा युवाको बाहुल्यता भएकाले सुधारको अपेक्षा राख्ने पनि थिए तर देउवाको स्वभाव र कार्यशैलीलाई लिएर प्रश्न उठाउने जति भेटिन्थे, त्यो भन्दा धेरै कम मात्र सुधारको अपेक्षा राख्नेहरू थिए।  दोस्रो कार्यकालको सुरुवातमा वरीयता निर्धारण, राष्ट्रियसभामा उम्मेदवार चयन, स्थानीय तहको निर्वाचन घोषणालगायतका एजेन्डामा देउवाको आलोचना भएको थियो। तर, पछिल्ला दिनमा देउवाले आफूलाई सुधार गर्ने संकेत देखाएका छन्। 

प्रकाशित: Mar 03, 2022| 12:01 बिहीबार, फागुन १९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग पनि राखेका छन्।
सांसद डाँगीको स्वीकारोक्ति- सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं

सांसद डाँगीको स्वीकारोक्ति- सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं

विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको बुझाइ छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

आज चीन पुगेका प्रधानमन्त्री प्रचण्डले एसियन गेमस्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्।