बिहीबार, साउन १४, २०८३

मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान

 |  बुधबार, मंसिर १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०८२

जनकपुर। मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ।

प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ। प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ।

यो संगै दलहरु पुनः छलफलमा जुटेका छन्। आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए।

प्रकाशित: Dec 03, 2025| 19:03 बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्