मंगलबार, भदौ २, २०८३

सिन्धुली कांग्रेस सभापतिमा उपेन्द्र पोखरेल विजयी

नेपाली कांग्रेस सिन्धुली सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन्। उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै पोखरेल सभापतिमा विजयी बनेका हुन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- नेपाली कांग्रेस सिन्धुली सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन्। उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै पोखरेल सभापतिमा विजयी बनेका हुन्।

पोखरेल ८८५ मतका साथ विजयी हुँदा अर्का प्रत्यासी बरालले ४७७ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत लेखतबहादुर खड्काका अनुसार जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए।

आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि सोमबार पुनः मतदान भएको थियो। पुनः मतदान गरिँदा एक हजार ३७१ मत खसेको थियो। नौ मत भने बदर भएको थियो।

यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए।

जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५३५ जना मतदाता रहेकामा एक हजार ४४० मत खसेको थियो भने ५१ मत बदर भएको थियो।

प्रकाशित: Mar 01, 2022| 07:13 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...