काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ। यही फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको हो।
यस्तै, बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ।