मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपामा १४ जना केन्द्रीय सदस्यमा मनोनीत, रेखा थापा तेस्रो स्थानमा

राप्रपामा १४ जना केन्द्रीय सदस्यमा मनोनीत, रेखा थापा तेस्रो स्थानमा

लिङ्देनले बुधबार अभिनेत्री रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। लिङ्देनले बुधबार अभिनेत्री रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। 

लिङ्देनले लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो  र सावित्रा थापालाई केन्द्रीय समितिमा मनोनित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अभिनेत्री थापाले राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेकी थिइन्। तर, उनी नेतृ कुन्ती शाहीसँग पराजित भएकी थिइन्।

प्रकाशित: Mar 02, 2022| 11:23 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...