मंगलबार, भदौ २, २०८३

कांग्रेस मकवानपुरको सभापतिमा लामा

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं– नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन्। पार्टीको १४ औं अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न निर्वाचनबाट लामा सभापतिमा निर्वाचित भएका हुन्। 

सोमबार भएको मतदानमा सभापतिका तीनैजना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिको आधारमा लामा अध्यक्ष बनेका हुन्। मतदानमा लामाले ५९२ मत, आनन्दराम पराजुलीले ५४५ मत मत र जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका थिए। जिल्ला नेतृत्व चयनको लागि १ हजार ८५३ प्रतिनिधिमध्ये १ हजार ७७५ प्रतिनिधिले मतदान गरेका थिए।

निर्वाचन समितिले सभापतिको लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित गरेकोमा दोस्रो बढी मत ल्याएका पराजुलीले लामालाई समर्थन गरेपछि चुनाव गर्नु नपरेको हो।

लामा र पराजुली दुवै संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका हुन्।


प्रकाशित: Mar 01, 2022| 15:32 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...