मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरूबीच तालमेल नहुन सक्छ : कांग्रेस प्रवक्ता महत

स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरूबीच तालमेल नहुन सक्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्। प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्। 

बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने बताए। तर यस विषयमा सत्तारुढ दलभित्र कुनै छलफल भने भइनसकेको उनले सुनाए। प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको बताए। स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए।

प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो, त्यसमा समझदारी विकसित भइसकेपछि यो संकट टरेको छ। अब स्वाभाविक रुपमा यो गठबन्धन अगाडि बढछ। स्थानीय निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्छ।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा लिएर संसद् सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए। उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधिन भएकाले त्यसलाई छाडेर एमालेले संसद सुचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा राखे।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्षी दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको भनाइ थियो। प्रवक्ता महतले एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए।

प्रकाशित: Mar 02, 2022| 16:40 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...