मंगलबार, भदौ २, २०८३

पारित भएको एमसीसीका विषयमा जनतालाई विभाजित नगरियोस्: ओली

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दै एमसीसी पारित भइसकेको र अब जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरेका हुन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा अब जनमतलाई विभाजित गर्न नहुने बताएका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दै एमसीसी पारित भइसकेको र अब जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरेका हुन्। 

एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएका छन्। अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यको ११औं बुँदामा भनिएको छ, 'एमसीसी परियोजना सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।'

संसद्‍को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार अनुमोदन भएको हो।

एमसीसी अनुमोदनसँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारबाजीको पटाक्षेप भएको एमाले अध्यक्ष ओलीले बताएको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।’

त्यस्तै एमालेले राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने बताएको छ । 

प्रकाशित: Mar 01, 2022| 14:01 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...