मंगलबार, भदौ २, २०८३

राष्ट्रसंघमा अमेरिकासँगै युक्रेनको पक्षमा नेपाल, विपक्षमा चीन

रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन्। अमेरिका र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर नेपालले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा आपतकालीन बैठक गर्ने पक्षमा मतदान गरेको छ। युक्रेनको अवस्थालाई लिएर विश्व अहिले विभाजित छ। रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन्। अमेरिका र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन्। 

स्वीट्जरल्यान्डको जेनेभमा सोमबार भएको बैठकमा तत्काल बैठक बोलाउनु पर्ने पक्षमा अमेरिकासँगै नेपालसहित २९ राष्ट्रले मतदान गरेका थिए। जबकि चीनसहित ५ देशले मतदानको प्रस्तावको विपक्षमा थिए। तर भारतसहित १३ देशले मतदानमा भाग लिएका छैनन्।

रुसको आक्रमणबारे छलफल गर्न राष्ट्रसंघमा परिषदको आपतकालीन छलफल हुने भएको हो। जसमा अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभोरीकोस्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, गाम्बिया, होन्डुरस, इन्डोनेसिया, जापान, लिथुवानिया, लिबिया, लक्जेम्बर्ग, मवाली, मलेसिया, मार्सल आइल्यान्ड, मेक्सिको, मोन्टिनेग्रो, नेदरल्यान्ड्स, पाराग्वे, पोल्यान्ड, कतार, दक्षिण कोरिया, बेलायत, अमेरिका र युक्रेन रहेका छन्।

त्यसैगरी विपक्षमा चीन, क्युबा, इरिस्ट्रिया, रुस र भेनेजुएलाले मतदान गरेका थिए। अर्मेनिया, क्यामरुन, ग्याबोन, भारत, काजखस्तान, मोरिटानिया, नामिबिया, पाकिस्तान, सेनेगल, सोमालिया, सुडान, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तानले भने मतदान गरेनन्।

संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ४९ औं सत्र सोमबारबाट सुरु भएको छ। बैठकमा रुसको निन्दा गर्दै आपतकालीन बैठकको पक्षमा निर्णय गरियो। जसमा ४७ सदस्य रहेका छन्। नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दै गत साता विज्ञप्ति समेत निकालेको थियो। नेपालले युक्रेनको सार्वभौतिकता र भौगोलिक अखण्डमाथि गरिने आक्रमणको विरोध गर्ने जनाएको छ। भारत र चीन भने रुसले गरेको आक्रमणको विषयमा राष्ट्र संघका अन्य फोरमहरुमा समेत तटस्थ भूमिका खेल्दै आएका छन्।

प्रकाशित: Mar 01, 2022| 19:29 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...