मंगलबार, भदौ २, २०८३

विवेकशील साझाका सुदूरपश्चिम संयोजक हमालले पार्टी छोडे

विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्। मंगलबार हमालले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जनाएका हुन्।

कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाले फेरि स्वतन्त्र रुपले मेयरको दाबी गर्न सुझाव दिएकोले आफू अन्तिमपटक धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र रुपले स्थानीय निर्वाचन लड्न लागेको उनले बताएका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा हमाल धनगढी उपमहानगरबाट मेयरका प्रत्यासी थिए। नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड निर्वाचित हुँदा उनी निकटतम प्रतिस्पर्धी बनेका थिए। 

‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगरपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्। लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा हमालले भनेका छन्।



प्रकाशित: Mar 01, 2022| 16:18 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...