मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीका असन्तुष्ट नेता नारायणकाजीलाई भेट्न निवासमा पुगे विप्लव

माओवादीका असन्तुष्ट नेता नारायणकाजीलाई भेट्न निवासमा पुगे विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।

एमसीसी सम्झौतालाई लिएर चर्को असन्तुष्टि पोखिरहेका श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान निवासमा पुगेका हुन्। श्रेष्ठले पार्टी छाड्ने चर्चा चलिरहेका बेला भएको यो भेटलाई चासोका साथ हेरिएको छ।

एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै मत छ। दुवै यथास्थितिमा एमसीसी अनुमोदन हुन नहुने अडानमा थिए। यद्यपि, माओवादीकै समर्थनमा संसद्बाट एमसीसी पास भइसकेको छ। माओवादीले एमसीसीलाई समर्थन गर्ने निर्णय गर्दा नारायणकाजीसहित पार्टीका ५ जना सिनियर नेताले असहमति जनाएका थिए।

एमसीसी अनुमोदनको विपक्षमा उभिएका श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार श्रेष्ठ निवासमा पुगेका थिए।

प्रकाशित: Mar 02, 2022| 09:59 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...