पार्टीका सबै जनवर्गीय संगठनद्वारा सबै जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गरिएको कार्यक्रममा उक्त परियोजना मुलुकको हितमा नरहेकाले अगाडि नबढाउन माग गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आइतबार भेटवार्ता भएको छ।
एमसीसीलाई टेबुल नगर्न सभामुखले संसद् बैठक सारिरहेको भन्ने आरोप लागिरहेको समयमा आएको महाभियोग प्रस्ताव दर्ता भएपछि एमसीसीको भविष्यका बारेमा विभिन्न कोणबाट टिप्पणीहरु भइरहेका छन्।
आइतबार पनि बैठकका एजेण्डाहरुमाथिको छलफल नसकिएपछि फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महाभियोग प्रस्तावपछि राजनीतिले कुन लय पक्रने हो भन्ने प्रष्ट भइसकेको छैन। तर महाअभियोग प्रस्ताव दर्ताको राजनीतिक साइनो र बाछिटाको भने खोजी सुरु भएको छ।
पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको समर्थन गरेको हो।
अब फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा महाअभियोगको टुंगो लगाउन मतदान हुनेछ। उक्त मतदानमा २७१ सांसदमध्ये दुई तिहाई बहुमत अर्थात् १ सय ८१ जना सांसदको मत चाहिन्छ। प्रमुख प्रतिपक्ष एमालेले...
अब फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा महाअभियोगको टुंगो लगाउन मतदान हुनेछ। उक्त मतदानमा २७१ सांसदमध्ये दुई तिहाई बहुमत अर्थात् १ सय ८१ जना सांसदको मत चाहिन्छ। प्रमुख प्रतिपक्ष एमालेले...
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।
राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल 'राप्रपा नेपाल'मा उनी अध्यक्ष बनेका हुन्।
नेकपा एमालेले निष्कासन गरेका १४ जना संघीय सांसद र लुम्बिनी प्रदेशका दुईजनासांसदलाई सभामुखले गैरकानुनी रुपमा जोगाएको भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज पनि रोकिएको छ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्तावक र ९५ जना समर्थक सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।