काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट सिफारिस भई आएका विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठबिरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो।
बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताए।