मंगलबार, भदौ २, २०८३

प्रतिनिधिसभाको अर्को बैठक बुधबार, महाभियोगमाथि छलफल सुरु हुने

प्रतिनिधिसभाको बैठक तीन दिनलाई स्थगित भएको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक तीन दिनलाई स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव छलफलका लागि पेश भएसँगै बैठक स्थगित भएको हो। 

अर्को बैठक अब चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेछ। सो बैठकमा महाभियोग प्रस्तावमाथि छलफल सुरु हुने जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिएका छन्। 

बैठकमा महाभियोगका प्रस्तावक नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले उक्त प्रस्ताव छलफलका लागि पेश गरेका थिए। यसअघि २२ फागुनमा बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो।

नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ बमोजिम महाभियोग सिफारिस समिति गठन भएको हो। समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन्। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का सांसदहरुले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। महाभियोग प्रस्ताव दर्ता भएसँगै राणा निलम्बनमा परेका छन्। प्रतिनिधिसभाले गठन गरेको समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ। 
प्रकाशित: Mar 13, 2022| 14:10 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...