काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन्। नेपाल नगरपालिका संघको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
यद्यपि यसका लागि सबै दलहरूबीच सहमति हुनुपर्ने उनको भनाइ थियो।
'स्थानीय तहलाई स्थानीय सरकार भन्न केही छैन,' उनले भने, 'सबै पार्टीहरूको सहमतिमा यो काम गर्न गाह्रो छैन। तर महत्वपूर्ण कुरा सेवा प्रवाह हो। जनताका कामहरू स्थानीय तहले गर्नुपर्छ।'
कार्यक्रमका अधिकांश वक्ताले संविधानले ३ तहको सरकारको परिकल्पना गरेपनि स्थानीय ‘सरकार’ नभनेर 'तह' मात्रै भन्नु उपयुक्त नहुने बताएपछि प्रधानमन्त्री देउवाले त्यस्तो जवाफ दिएका हुन्।