मंगलबार, भदौ २, २०८३

प्रकाश सपुतको गीतबारे प्रचण्डले पनि मुख खोले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पिर’ बारे प्रतिक्रिया दिएका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पिर’ बारे प्रतिक्रिया दिएका छन्। गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस  भइरहने बताएका थिए। ‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन, तर मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन। तर्कवितर्क हुन्छन्, पक्षविपक्ष हुन्छन्, त्यसलाई सहज र स्वाभाविक रूपले लिनुपर्छ।’

सशस्त्र युद्धमा लागेका कार्यकर्ताले दुःख पाइरहेको कुरा आफ्नो पनि स्मरणमा रहेको उनले बताए। भने, ‘जनयुद्धलाई संविधानसभामा ल्याउन ठीक थियो कि थिएन, ल्याइसकेपछि मैले हेर्दा कतार, मलेसिया जाँदा जनयुद्धमा सहभागी लडाकुले त्यहाँ बडो दुःखपूर्ण जीवन बिताएको देखेको छु। मैले त्यहाँ जतिलाई भेटेँ, उहाँहरूले भन्नुहुन्थ्यो, कमरेड हामीलाई भन्नुस्, तपाईंलाई अप्ठ्यारो पर्यो भने हामी जस्तोसुकै त्याग गर्न तयार छौं। हामी बिग्रेका छैनौं, विचलित छैनौं। देशको निम्ति, राष्ट्रको निम्ति, शान्तिमा आउनै पर्थ्यो।’

उनले जनयुद्धबाट शान्ति प्रकियामा आउनु हुने थियो कि थिएन भनेर पनि बहस भइरहने र यो धेरै वर्षसम्म जारी रहने बताए।

सर्जकले आफ्नो दृष्टिकोणअनुसार विभिन्न रचना गर्ने भन्दै उनले प्रकाश सपुतको पछिल्लो भिडियोले एउटा विचारको प्रतिबिम्ब गरेको प्रतिक्रिया दिए। उनले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्‍यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ।’

माओवादीकै केही नेता तथा भ्रातृ संगठन वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले भने सपुतको उक्त गीत युट्युबबाट हटाउन माग गरिरहेका छन्। 

प्रकाशित: Mar 14, 2022| 09:57 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...