मंगलबार, भदौ २, २०८३

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर विजयी

आइतबार दोस्रो चरणमा गरिएको अधिवेशनबाट बंशलाललाई ६४ मतले पछि पार्दै तामाङ सभापतिमा निर्वाचित भएका हुन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको सभापति पदमा बंशलाललाई हराउदै जंगबहादुर तामाङ विजयी भएका छन्।

आइतबार दोस्रो चरणमा गरिएको अधिवेशनबाट बंशलाललाई ६४ मतले पछि पार्दै तामाङ सभापतिमा निर्वाचित भएका हुन्।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा पनि तामाङले सबैभन्दा धेरै मत ल्याएका थिए तर तीन उम्मेदवारबीच कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुन: मतदान गरिएको थियो। जंगबहादुर कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतनिकट मानिन्छन्। संस्थापन पक्षबाट दुई उम्मेदवार उठेका थिए। सभापतिका अर्का उम्मेदवार प्रेमध्वज लामा पहिलो चरणबाटै बाहिरिएका थिए। सभापति उठ्न प्रेमध्वजले त्रिविको उपप्राध्यापकको जागिरसमेत छाडेका थिए।

प्रेमध्वजले दोस्रो चरणको मतदानमा सभापतिका अर्का उम्मेदवार बंशलाल तामाङलाई समर्थन गरेका थिए। बंशलाल र प्रेमध्वज मिले पनि जंगबहादुर सिन्धुपाल्चोक कांग्रेस सभापति बनेका छन्। यहाँ १७८७ मत खसेकोमा जंगबहादुरले ९१२ र बंशलालले ८४८ मत ल्याएका थिए।

प्रकाशित: Mar 14, 2022| 07:55 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...