मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रुसी आर्थिक इतिहास सम्झँदै ओलीले भने- देशको अर्थतन्त्र भयावह अवस्थामा

रुसी आर्थिक इतिहास सम्झँदै ओलीले भने- देशको अर्थतन्त्र भयावह अवस्थामा

रुसमा एक पटक हजार गुणा बढी मुद्रास्फीति आएको सम्झिँदै उनले नेपाली मुद्रा कमजोर भएको उल्लेख गरेका थिए।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र खराब अवस्थामा पुगेको बताएका छन्। उद्योगी व्यवसायीसँग एमाले उद्योग विभागले गरेको अन्तर्क्रिया कार्यक्रममा उनले देशको उत्पादनमूलक क्षेत्रका साथै अर्थतन्त्र खराब अवस्थामा पुगेको बताएका हुन्। 

जनताप्रति उत्तरदायी सरकार नहुँदा समग्र सामाजिक जीवन र अर्थतन्त्रलाई प्रतिकूल असर पार्ने उनको भनाइ छ। 'आज राज्यका अंगहरु आफ्ना कक्षमा हिँड्नुपर्छ, राज्य थिति र विधिमा नहिँड्दा अर्थतन्त्र बिग्रिएको छ’, उनले भने, ‘यो चिन्ताको विषय हो।’ अर्थतन्त्र धराशायी हुँदा देशमा भयावह अवस्था सिर्जना हुने बताए। 

रुसमा एक पटक हजार गुणा बढी मुद्रास्फीति आएको सम्झिँदै उनले नेपाली मुद्रा कमजोर भएको उल्लेख गरेका थिए। 'नेपाली मुद्रा १२३ रूपैयाँबाट अर्को एक रुपैयाँ (एक अमेरिकी डलर) पाउने अवस्था रहेकामा त्यसमाथि हजारको १ भयो भने के होला?’, उनले उदाहरण दिँदै भने। वर्तमान आर्थिक अवस्थाबारे सल्लाह सुझाव उपलब्ध गराउन उनको आग्रह थियो। 

अर्थतन्त्रलाई आत्मनिर्भर गर्न उत्पादन वृद्धि गर्नुपर्ने भन्दै उनले आफ्नो पालामा सुपरजोनका कन्सेप्ट ल्याएको, कृषिमा आधुनिकीकरण कार्यक्रम ल्याएको दाबी गरेका थिए। कृषि उपजसँगसँगै जुस, क्यानिङजस्ता कृषि उत्पादनसँग सम्बन्धित वस्तु उत्पादन गर्नुपर्ने उनको भनाइ छ। 

सरकारले राष्ट्रिय गौरवका आयोजनाप्रति पनि रुचि नभएको उनको आरोप थियो। वर्तमान सरकार गठबन्धन टिकाउनेतिर मात्रै लागेको ओलीको आरोप थियो। 

प्रकाशित: Mar 13, 2022| 21:21 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...