मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मुलुकको समृद्धि र विकासका लागि कांग्रेसले जित्‍नुपर्छ : उपसभापति गुरुङ

मुलुकको समृद्धि र विकासका लागि कांग्रेसले जित्‍नुपर्छ : उपसभापति गुरुङ

कांग्रेसको नेतृत्वमा हासिल भएका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गरिएको उनले स्पष्ट गरे।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकको समृद्धि र विकास लागि कांग्रेसले जित्नुपर्ने बताएका छन्। कांग्रेस स्याङ्जाले आइतबार सदरमुकाममा आयोजना गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गर्दै उनले मुलुकको विकास र समृद्धिका अभियान सञ्‍चालन गर्न आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आग्रह गरे। कांग्रेसको नेतृत्वमा हासिल भएका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गरिएको उनले स्पष्ट गरे।

अभियानका लागि स्याङ्जामा खटिएका कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्रका आन्तरिक मतान्तरलाई बिर्सेर अब पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्नका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कांग्रेसले गरेका राम्रा कार्यहरू नागरिकमाझ पुर्‍याउन र नकारात्मक टिका टिप्पणी तथा भ्रमलाई चिर्दै नयाँ शिराबाट चुनावी अभियानमा जुट्न नेता पौडेलले नेता तथा कार्यकर्तालाई सुझाव दिएका हुन्। अभियानको शुभारम्भका अवसरमा जिल्लाका एघार स्थानीय तह र ९७ वटै वडामा कांग्रेसलाई विजयी बनाउने गरी लाग्नुपर्नेमा जोड दिएको छ। आज शुभारम्भ भएको अभियान चैत २९ गतेसम्म चल्नेछ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै कांग्रेसले एक महिने चुनावी अभियान थालेको हो।

प्रकाशित: Mar 13, 2022| 22:10 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...