काठमाडौं- नेपाली कांग्रेस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी भएका छन्।
उनले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित भएका हुन्। रायले रायले एक हजार ३७८ मत प्राप्त गरेका थिए।
जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले निर्वाचित सभापतिसहित अन्य निर्वाचित पदाधिकारीको नाम घोषणा गरेका थिए।
१४औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी, डा. सरोजकुमार, शेख सदुल्लाहल निर्वाचित भएका छन्। त्यस्तै सचिबमा नीरज कार्की,सहसचिव इन्द्रबहादुर योञ्जन सुनिलकुमार कुशवाहा विजयी भएको निर्वाचन समितिले जनाएको छ।