मंगलबार, भदौ २, २०८३

एमाले निकट चौतारीमा दोहोरिए बस्नेत

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

पोखरा- नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन्। पोखरामा सम्पन्न चौतारीको नवौँ महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारी सहित १०५ जनाको केन्द्रीय कमिटी चयन गरेको हो। अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वसम्मतिमा चयन भएका हुन्। 

चौतारीको उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती चयन भएका छन्। यस्तै महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन हुँदा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भए। 

सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् । 

यसैगरी अनुशासन आयोगको अध्यक्षमा नवराज महतारा, लेखा आयोगको अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल रहेका छन्। 

शुक्रबारदेखि सुरु अधिवेशनमा देशभरका १ हजार २ सय प्रतिनिधिले नयाँ कार्यसमिति चयन गरेका हुन्। 

प्रकाशित: Mar 13, 2022| 15:11 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...