मंगलबार, भदौ २, २०८३

भीम रावलप्रति देउवाको आक्रोश– एमसीसी पास गर्दा किन टाउको दुखेको?

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्दा एमाले नेता भीम रावललाई किन टाउको दुखेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन्।  एमसीसी पास गर्दा रावललाई किन टाउको दुखेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

उनले भने, ‘एमालेले क्याबिनेटबाट पास गरेर संसद्मा ल्याउने, संसद्मा पास गर्नुपर्छ भनेर निर्णय गरेर ल्याउने अनि मैले ओलीले ल्याएको प्रस्ताव पास गर्दा किन टाउको दुख्ने? भीमबहादुर रावललाई टाउको दुखेको छ। स्वयं उहाँ आफैं क्याबिनेटको मन्त्री हुनुहुन्थ्यो। त्यो बेला उहाँको दिमाग खुस्किएको थियो? त्यो बेला किन विरोध गर्नुभएन? किन राजीनामा गर्नुभएन।’

रावलले दुई जिभ्रे कुरा गरेको प्रधानमन्त्री देउवाले बताए। ओली सरकारले संसद्मा पेश गरेको एमसीसी प्रस्ताव नै आफूहरूले पारित गरेको भन्दै उनले एमालेका नेताले नै त्यसको विरोध गरेको आश्चर्य व्यक्त गरे। ओली सरकारमा भीम रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषद्ले एमसीसी पात गरी संसद्मा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो। ‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन?अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला र अहिले विरोध गर्दैछन्?’

प्रधानमन्त्री देउवा सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै थिए। 

प्रकाशित: Mar 14, 2022| 12:51 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...