प्रेस सेन्टर नेपाल लुम्बिनीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता आफ्नै तागतमा चुनाव लड्ने र दोस्रोमा गठबन्धनबाट चुनावमा जाने रहेको बताए।
कम्युनिस्ट पार्टीको विभाजन, कांग्रेसभित्रको पछिल्लो एकता र पार्टीको निर्णय प्रभावित गर्ने स्थानमा युवा सहभागिताका कारण कांग्रेस नेतालाई त्यस्तो दाबी गर्न सहज भएको हो।
नेपाल राष्ट्रि मगर संघको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। संघको केन्द्रीय समितिको ११ औं पूर्ण बैठक सभापति ओमबहादुर घर्ती मगरको अध्यक्षतामा बसी तेस्रो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको...
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। उनले पार्टीको बनेपा नगरसमितिद्वारा बुधबार आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन्।
संसद् अधिवेशन अन्त्य भइसकेपछि बसेको समीक्षात्मक बैठकले संसद्को समीक्षा र आगामी निर्वाचनमा सांसदको भूमिकामाथि छलफल भएको प्रमुख सचेतक विशाल भट्टराईले बताए।
यसै अधिवेशनबाट ‘नेपाल सरकार र एमसिसीबीच भएको अनुदान सहायता सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ व्याख्यात्मक घोषणासहित अनुमोदन भयो। सरकारले सो सम्झौता गत फागुन ८ गते संसद्मा टेबुल गरेको थियो भने फागुन...
नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ।
'यसअघि लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पनि पदावधि सकिएपछि स्वत: खारेज भएको थियो,' उनले भने, 'सोही नजिरका आधारमा संसद्को अर्को अधिवेशनमा प्रधानन्यायाधीशविरुद्धको विषयमा छलफल हुन नसकेमा मंसिरमा पदावधि सकिएसँगै स्वत: खारेज हुनेछ।'