आइतबार, साउन ३१, २०८३

चुनाव सर्दैन, भागबण्डा आजै टुंगिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख ३० का लागि तय भएको स्थानीय चुनाव कुनै हालतमा नसर्ने बताएका छन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख ३० का लागि तय भएको स्थानीय चुनाव कुनै हालतमा नसर्ने बताएका छन्। मिडियामा निर्वाचन सर्नेबारे आएका समाचार अनुमानका भरमा आएको दाबी पनि उनले गरे।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचनको दिन बिहानसम्म पनि सर्छ रे नि भन्ने विचित्रको संस्कार बनेको छ। संविधानसभादेखि अहिलेसम्म भएका सबै निर्वाचनमा त्यस्तो देखिएको छ। तर निर्वाचन सार्ने सरकारको मनसाय छैन।  गठबन्धन निर्वाचन तयारीमा केन्द्रित छ।’ उनले महानगर र उपमहानगरको भागबण्डा आज बेलुकीसम्ममा टुंगिने पनि बताए।

प्रचण्डले भने, ‘म गठबन्धनको बैठकबाट आएको हुँ। साँझसम्म ६ वटा महानगर र ११ उपमहानगरमा टुंग्याउने तयारीमा छौं। महानगरको झण्डै टुंगिसकेको  छ। हामी साँझसम्म महानगर र उपमहानगरको विषय टुंग्याएर भोलिदेखि नगरपालिका र गाउँपालिकाकाको विषयमा तलबाट आएको रिपोर्ट हेरेर टुंग्याउँछौं।’


प्रकाशित: Apr 18, 2022| 13:49 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...