बुधबार, जेठ ९, २०८१

अघिअघि एमाले, पछिपछि गठबन्धन

स्थानीय निर्वाचनको लागि उम्मेद्वार चयन गर्ने मामिलामा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिएको छ। एमालेले ६ वटा महानगरसहित देशभरका मुख्य-मुख्य पालिकाका उम्मेद्वार सिफारिस गर्ने काम सकिसकेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- स्थानीय निर्वाचनको लागि उम्मेद्वार चयन गर्ने मामिलामा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिएको छ। एमालेले ६ वटा महानगरसहित देशभरका मुख्य-मुख्य पालिकाका उम्मेद्वार सिफारिस गर्ने काम सकिसकेको छ। 

triton college

यता सत्ता गठबन्धनका दलहरूले आ-आफ्नो दाबी नछाड्दा उम्मेद्वार सिफारिस हुन ढिलाइ भइरहेको छ। ६ महानगर र ११ उपमहानगरमा गठबन्धनबाट कसले कुन ठाउँमा उम्मेद्वार उठाउने अहिलेसम्म टुंगो लाग्‍न सकेको छैन।

शनिबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेको तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका थिए। ‘गठबन्धनका सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन्। हामीले त्यो बेलामा एमालेको नामबाट जितेको स्थानमा अहिले पनि पहिलो हक लाग्छ’, नेता नेपालले भने।

आइतबारको गठबन्धनको बैठक एकीकृत समाजवादीका तर्फबाट वेदुराम भुषाल, विजय पौडेलले  सोही कुरामा अडान लिँदै पोखरा, बुटवल, इटहरी, तुलसीपुरको नेतृत्व पाउनुपर्ने माग राखेका छन्। यता कांग्रेसले पाँच वटा महानगरमा दाबी गरिरहेको छ भने माओवादी कुनै पनि परिस्थितिमा भरतपुर नछाड्ने मनस्थितिमा छ। योसँगै गठन्धनमा स्थानीय निर्वाचनको भागबन्डा पेचिलो बन्दै गएको छ। गठबन्धनका नेताहरुले बारम्बार सहमतिको नजिक पुगिसकेको बताए पनि उम्मेद्वारको नाम तय गर्नसमेत सकेका छैनन्।

गठबन्धनका दलले आ-आफ्नो अडान कायमै राखेकाले सहमति हुन ढिलाइ भएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुषाल बताउँछन्। उनले भने, ‘हामी सहमति नजिक पुगिसके पनि एकाध स्थानीय तहमा सहमति जुट्न बाँकी छ। सम्बन्धित दलभित्र आन्तरिक छलफल गरेर अर्को बैठकमा टुंगो लगाउने कुरा भएको छ।'

corrent noodles
Metro Mart

यता सत्तारुढ नेपाली कांग्रेसले गठबन्धनका अन्य दलको मागलाई उचित सम्बोधन नगर्दा सहमति जुट्न गाह्रो परेको बैठकमा सहभागी अर्का एक नेताले बताए। उनका अनुसार सोमबारसम्म उम्मेद्वार टुंगो लगाउने भनिए पनि सहमति जुट्न अझै केही दिन लाग्छ। जसका लागि नेपाली कांग्रेसले लचिलो बन्नै पर्ने हुन्छ। 

‘हामी सहमति नजिक पुगिसके पनि एकाध स्थानीय तहमा सहमति जुट्न बाँकी छ। सम्बन्धित दलभित्र आन्तरिक छलफल गरेर अर्को बैठकमा टुंगो लगाउने कुरा भएको छ

गठबन्धनबीच प्रतिस्पर्धा हुने सम्भावना कति?

सत्ता गठबन्धनमा राष्ट्रिय तहबाटै तालमेल गर्ने सहमति जुटाउन गाह्रो भएपछि माओवादी केन्द्रले अन्य दलसँग संवाद अगाडि बढाएको छ।  कांग्रेसले अधिकांश महानगर र उपमहानगरमा दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्रको अर्को दल जनता समाजवादी पार्टी (जसपा) सँग छुट्टै छलफल गरेका छन्।

प्रचण्डले आइतबार जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग एकघन्टा छलफल गरे। छलफलमा स्थानीय निर्वाचनमा दुई पार्टीले गर्न सक्ने तालमेलकै विषयमा कुरा भए पनि कुन-कुन स्थानमा कसरी मिलेर जाने भनेर कुरा नभएको माओवादी स्रोतले बतायो। 

आइतबार साँझको गठबन्धन बैठकमा जनता समाजवादीले पार्टी (जसपा) ले एक महानगर र तीन उपमहानगरको दाबी गर्‍यो। वीरगंज महानगरपालिका, धरान, जनकपुरधाम र नेपालगञ्‍ज उपमहानगरपालिकामा जसपाले दाबी गरेपछि ती स्थानमा माओवादी पछाडि हटेको छ। आफूले दाबी गरेको महानगर र उपमहानगर पाउन माओवादीले सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग ‘पर्ख र हेर’को रणनीति लिएको छ। यदि सहमति नजुटेको महानगरहरूमै पनि सत्ता गठबन्धन आपसमा चुनाव लड्ने सम्भावना बलियो देखिन्छ।

यसैबीच गठबन्धनमा तालमेल मिलाउन गठन भएको ‘चुनावी तयारी तथा अनुगमन समिति’का प्रमुख रहेका कांग्रेस नेता रामचन्द्र पौडेलकै गृहनगरमा गठबन्धनको मर्मविपरीत चुनावी गठबन्धन भएको छ।

तनहुँको व्यास नगरपालिमा पूर्वगृहमन्त्री गोविन्दराज जोशी र एमालेबीच चुनावी तालमेलको सहमति भएसँगै गठबन्धनमा शंकाको अवस्था सृजना भएको छ। कांग्रेसले बढीभन्दा बढी तह माग गर्दा गठबन्धनका दलहरू एमालेसँग मिल्ने अवस्था सिर्जना हुने सम्भावना बढेको छ। 

गठबन्धनका स्थानीय कमिटी सक्रिय

केन्द्रीय तहमा स्थानीय तह बाँडफाँटको विषय लम्बिने देखेपछि आफ्ना दललाई दबाब दिने उद्देश्यले स्थानीय तह आफैं सक्रिय बनेका छन्। आइतबार बसेको कांग्रेस काठमाडौंको बैठकले काठमाडौंमा कांग्रेस एक्लै भिड्न सक्षम रहेको निष्कर्ष निकालेको छ। महानगरका सभापति नीलकाजी शाक्यले महानगरमा पार्टी बलियो रहेकोले अरू दलसँग तालमेलको जरुरी नपर्ने भन्दै एक्लै अघि बढ्न सुझाव आएको बताएका छन्। 

‘मेयरका लागि महानगर सभापति निलकाजी श्रेष्ठको नाम एक नम्बरमा राखेर सिफारिस गर्ने निर्णय भयो,’ उनले भने, ‘अन्य आकांक्षीको नाम पनि आएको छ। जसलाई केन्द्रमा सिफारिस गर्ने निर्णय छ।’

काठमाडौं महानगरको मेयरका लागि कांग्रेसबाट हरिप्रभा खड्गी श्रेष्ठ (हाल उपमेयर), नरोत्तम वैद्य, सुसन वैद्य, प्रगतीमान रञ्जित, सिर्जना सिंह,  सपना जोशी, तीर्थराम डंगोललगायत आकांक्षी छन्।

२०७४ को निर्वाचनमा काठमाडौंको मेयरमा पराजित भए पनि कांग्रेसबाट हरिप्रभा खड्गी उपमेयर भएकी थिइन्। ललितपुरमा बलियो रहेको कांग्रेसले पोखरा, विराटनगरमा पनि मेयर पाउनुपर्ने अडान जारी राखेको छ।

नेकपा एकीकृत समाजवादीले पनि पोखरा महानगरपालिकाको मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ। पार्टीको महानगर कमिटीले जिल्ला अध्यक्ष धनराज आचार्य, श्रीनाथ बराल, दामोदर शर्मा, विजयबाबु बनबासी, मदनकाजी श्रेष्ठ र प्रेम थापालाई मेयरमा सिफारिस गरेको हो।  एकीकृत समाजवादीले उपमेयरमा होम नेपाली, पूर्ण लामा र संगीता केसी सिफारिस  गरेको छ। 

एकीकृत समाजवादीको काउन्टरमा नेपाली कांग्रेस पोखराले गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापादेखि पूर्वसचिव बाबुराम आचार्य, कास्की जिल्ला सभापति किशोरदत्त बराल, पत्रकार गंगाधर पराजुली, सरस्वती गुरुङ लगायत १८ जनाले दाबेदारी पेश गरेका छन्।

त्यस्तै पोखराको उपमेयरका लागि ११ जनाको आवेदन परेको छ। यता भरतपुरमा निविर्कल्प रुपमा माओवादीबाट रेणु दाहालकै नाम चर्चामा छ। कांग्रेसले पनि भरतपुरमा दाबी जारी राखेको छ। 


प्रकाशित: Apr 17, 2022| 19:50 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...