आइतबार, साउन ३१, २०८३

एमालेको गठबन्धन 'होलीवाइन र राजा-महाराजा गठबन्धन' : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आशन्न स्थानीय निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आशन्न स्थानीय निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सत्तारुढ पाँच दलको वाम–लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन–राजामहाराजा गठबन्धन’ बीच प्रतिस्पर्धा हुने बताएका हुन्।

प्रचण्डले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो। एमालेले अहिले होली वाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ। जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ।’

देशको आवश्यकताअनुसार नै पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए। 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धनको घोषणा गरिसकेका छन्। यद्यपि सिट बाँडफाँटबारे सहमति बन्न सकेको छैन। प्रचण्डले महानगर र उपमहानगरको भागबण्डा आज बेलुकीसम्ममा टुंगिने बताए।

प्रचण्डले भने, ‘म गठबन्धनको बैठकबाट आएको हुँ। साँझसम्म ६ वटा महानगर र ११ उपमहानगरमा टुंग्याउने तयारीमा छौं। महानगरको झण्डै टुंगिसकेको  छ। हामी साँझसम्म महानगर र उपमहानगरको विषय टुंग्याएर भोलिदेखि नगरपालिका र गाउँपालिकाकाको विषयमा तलबाट आएको रिपोर्ट हेरेर टुंग्याउँछौं।’


प्रकाशित: Apr 18, 2022| 14:21 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...