आइतबार, साउन ३१, २०८३

सत्तारुढ गठबन्धनमा यसरी हुँदैछ महानगरको भागबण्डा

सत्तारूढ गठबन्धनले आज बेलुकीसम्ममा महानगरको भागबन्डा गर्ने तयारी गरेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– सत्तारूढ गठबन्धनले आज बेलुकीसम्ममा महानगरको भागबन्डा गर्ने तयारी गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार कुन महानगर कसले लिने भन्नेबारे करिबकरिब सहमति भइसकेको छ।

आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ।’ देशभरका ६ महानगरमध्ये तीन कांग्रेसले राखेर बाँकी माओवादी, एकीकृत समाजवादी र जसपालाई एक–एक  दिने तयारी रहेको उनले सुनाए।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ भने माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज मागेको छ।

माओवादीले कम्तीमा एक महानगर लिने प्रचण्डले बताए। भरतपुर पहिले पनि जितेको हुनाले त्यो महानगर लिने भनिएको उनको भनाइ थियो। तर भरतपुर नै चाहियो नभनिएको उनले प्रष्ट्याए। काठमाडौं वा विराटनगरमध्ये एउटा लिन पनि माओवादी तयार रहेको उनले बताए।

११ वटा उपमहानगरको भागबण्डा पनि बाँकी नै छ। महानगर र उपमहानगर भागबण्डाको छलफल गर्न आज बिहान सत्तारूढ दलका शीर्ष नेताहरू बालुवाटारमा बसेका थिए। प्रचण्ड पत्रकार सम्मेलनका लागि निस्किनुपर्ने भएपछि साँझ फेरि बस्नेगरी नेताहरु उठुका थिए।

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

प्रकाशित: Apr 18, 2022| 14:55 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...