आइतबार, साउन ३१, २०८३

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन्। उनले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन्। उनले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए। 

एमाले हुम्लाले आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउने दाबीसमेत गरे। जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको उनले दाबी गरे।

आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीब्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि पुनः फड्को मार्ने दाबी गरे। 

हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नु परेको बताउँदै उनले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका अधिकांश वडाहरूमा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताए। 

कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नु परेको बताए। उनले अन्तर जिल्ला जोड्ने निजी एयरलाइन्सले दैनिक एक फ्लाइट गर्न आवश्यक रहेको बताए। 

उनले भने, 'हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ । भूगोल अनुसारको विकास पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ।'

ज्येष्ठ नागरिकको जीवन बीमा एमाले सरकारमा हुँदा लागु भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, 'एकल महिला, ज्येष्ठ नागरिक, वृद्धवृद्धा र अपाङ्गताको दुःख हेर्ने जनताको पार्टी एमाले नै हो।'

अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनजना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने बताए। उनले तिल, जाङ, र हल्जीका गाउँमा रहेका तीनवटै विद्यालयका तीनजना बालबालिकालाई निःशुल्क पठनपाठन गराई दिने बताए।

प्रकाशित: Apr 17, 2022| 23:00 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...