काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि पूर्व आमन्त्रित सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ।
समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २०७८ चैत २२ गते बसेको समितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भारतमा रहेका नेपालीबीच नेपाली कांग्रेसको पक्षमा प्रचार-प्रसार अभियानलाई व्यापक बनाउनका लागि पाण्डेको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति भारत- स्थानीय तह निर्वाचन प्रचार-प्रसार समितिका लागि नयाँ सदस्यहरु थप गरिएका हुन्।
समितिमा १११ सदस्यहरु रहेका छन्।

