काठमाडौं– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। आफूविरुद्ध गरिएको कारबाही प्रक्रिया खारेज गरी काममा फर्काउन अन्तरिम आदेश माग गर्दै अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालत प्रशासनले रिट निवेदन अध्ययन गरेर आज दर्ता गरेको हो। रिटमाथि सुनुवाइका लागि भोलि मंगलबारलाई पेसी तोकिएको छ। सरकारले प्रतिशोध साँधेर गैरकानुनी रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेकाले खारेज गरेर काममा फर्काउन अधिकारीको माग छ। साथै आफूमाथि छानबि गर्न गठित समिति पनि खारेज हुनुपर्ने उनको माग छ।
सूचना चुहाएको, असहयोग गरेको भन्दै राष्ट्र बैंक ऐनअनुसार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा सरकारले छानबिन समिति बनाएपछि गर्भनर अधिकारी स्वतः निलम्बनमा परेका छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।