काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ। स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भाडबण्डा गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ।
बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले चुनावी तयारीबारे बैठकमा छलफल जारी छ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेको हो।तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ।
बैठकले ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी छ। गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो।