आइतबार, साउन ३१, २०८३

सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डाका विषयमा छलफल हुने

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू बैठक आज बस्ने भएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको छ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ। सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ।

आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो। तर, दलहरू आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बनेको थियो।


प्रकाशित: Apr 18, 2022| 06:50 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...