प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने भएका छन्।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताएका छन्।
बिहीबार महासचिव विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि नेकपा केन्द्रीय कार्यालयले सञ्चालन गरेको ‘जनकम्युन’ मा गहुँ काट्न निस्केका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्डले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा बम्किएका छन्। चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावी तालमेल गर्न नहुने बताएपछि देउवा बम्किएका हुन्।
ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार उद्घाटन गर्दै उनले भनिन्, ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घरआँगनमा सिंहदरबार सार्थक भएको छ।’
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।
दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्टि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग एक्लै कुरा गरेका छन्। कोइराला र देउवाबीच आज बिहान ९ बजे वान टु वान वार्ता...