शुक्रबार, साउन २९, २०८३

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ताको आज अन्तिम दिन

स्थानीय तह निर्वाचनका लागि ७ सय ५३ वटै पालिकामा उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि ७ सय ५३ वटै पालिकामा उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको छ। 

निर्वाचन आयोगका अनुसार पहिलो दिन आइतबार सात हजार हाराहारीमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको र सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ। 

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची सोमबार बेलुकी  प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यसूची आयोगले जनाएको छ। 

प्रकाशित: Apr 25, 2022| 07:15 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...