बुधबार, असार १०, २०८३

सुनछहरी गाउँपालिकामा विप्लव उम्मेदवारलाई कांग्रेस र एमालेको साथ

स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

रोल्पा- स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ।

National life

एमाले र कांग्रेसले विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सारेका छन्। विप्लव नेतृत्वको नेकपाबाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री गाउँपालिका अध्यक्षको उमेदवार बन्ने भएकाछन्।

गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ। झाँक्री नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका छन्।

७ वडा रहेको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ३/३ वटा वडा र विप्लव नेतृत्वको नेकपालाई-१ वडा दिने सहमति भएको छ।

प्रकाशित: Apr 25, 2022| 12:58 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...