बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भरतपुरको मेयरमा कांग्रेसबाट बागी उठेका पौडेल भन्छन्- कारबाहीको डर छैन

भरतपुरको मेयरमा कांग्रेसबाट बागी उठेका पौडेल भन्छन्- कारबाहीको डर छैन

पौडेलले कसैको दबाब र प्रभावमा परेर उमेदवारी फिर्ता नलिने बताएका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- भरतपुरको मेयरका लागि नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले सोमबार दिउँसो २ बजे भरतपुरको मेयरमा उमेदवारी दर्ता गराउने भएका छन्।

National life

असन्तुष्ट समूहको पक्षबाट नेता पौडेलले दिउँसो २ बजे चार तारे झण्डासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई पौडेलले उम्मेदवारी दर्ता गराउने पौडलले नेपाल समयलाई बताए। उम्मेदवारी दर्तापछि पार्टीले कारबाही गरेपनि कुनै चिन्ता नरहेको उनले बताए।

उम्मेदवारी दर्तासंगै एउटा उचित चुनाब चिह्न लिने र चार तारे झण्डासहित २९ वटै वडामा पुग्ने पौडेलको तयारी छ। 

पौडेल भन्छन्, 'म सँग हजारौं समर्थक छन्, मलाई पार्टीले कारबाही गर्छ भन्ने कुनै पीर छैन, मेरो भनाई के हो भने हामी हँसिया हथौडामा भोट हाल्दैनौं।' पौडेलले कसैको दबाब र प्रभावमा परेर उमेदवारी फिर्ता नलिने बताएका छन्।

प्रकाशित: Apr 25, 2022| 10:18 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...